
काठमाडौँ – प्रहरीका अनुसार आज मंगलबार देशका विभिन्न स्थानमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् ।
तेह्रथुमको छथर गाउँपालिका-२ खैरेनी बस्ने ६५ वर्षीया बिष्णुकुमारी लिम्बु सोही गाउँपालिकास्थित सुगन्धघारी जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै, बाराको सिम्रौनगढ नगरपालिका-६ सतुवाही बस्ने ४० वर्षीय किशोरी राम सोही ठाउँस्थित झाडीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, गोरखाको बारपाकसुलिकोट गाउँपालिका-६ रातोढुङ्गास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-५ दुर्कुने बस्ने २० वर्षीय प्रकास वराम भन्ने कुलबहादुर वराम सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे छ ।