रुपन्देही- २ मा समाजवादीको उम्मेदवारी नै खारेज, गठबन्धनबाट पाएको सिट १९ मा झर्यो

रुपन्देही- २ मा समाजवादीको उम्मेदवारी नै खारेज, गठबन्धनबाट पाएको सिट १९ मा झर्यो
+
-

बुटवल  –  निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज गरिदिएको छ।

गुरूङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनबाट २० सिट लिएर चुनावमा होमिएको एकीकृत समाजवादी १९ सिटमा सीमित भएको छ।

गुरूङको उम्मेदवारी खारेज भएसँगै रूपन्देही २ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ ।

उनीसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी पनि खारेज भएको छ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जारी गरेको सूचनाअनुसार गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको छ ।

उम्मेदवार गुरूङ आफैँ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो।

अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालि, गुरुङसहितका ६ जनालाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैयाँ जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो।

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ।

त्यस्तै, सोही क्षेत्रबाटै प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा.कमल भुसाल (निकोलस) को भने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले उम्मेदवारी खारेज भएको उल्लेख छ।

भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए। उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो।

यहाँ नेकपा एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार छन्। उनका प्रतिस्पर्धी मानिएका गुरूङ र भुसालको उम्मेदवारी खारेज भएसँगै पौडेलले चुनाव जित्ने सम्भावना बलियो भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?