झापा १: एमालेको मतभार बढी भएको क्षेत्रमा विश्वप्रकाशले जित्लान्?

झापा १: एमालेको मतभार बढी भएको क्षेत्रमा विश्वप्रकाशले जित्लान्?
+
-

झापा – मंसिर ४ गतेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल झापा १ बाट उम्मेदवार बनेपछि अहिले सो क्षेत्रको चुनावी चर्चाले महत्व पाएको छ।

२०७० को दोस्रो संविधान सभाको चुनावमा नेकपा एमालेका रविन कोइरालासँग शर्मा पराजित भएका थिए। २०७४ सालको प्रतिनिधि सभाको चुनाव नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग शर्मा दोस्रो पटक पराजित भएका थिए। शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए।

त्यसैकारण शर्माले एक पटक भनेका थिए, ‘तेस्रो पटकमा कसो पार नलाग्ला !’

केही दिनअघि सत्ता गठबन्धनका दलहरू सम्मिलित धुलाबारीमा एक कार्यक्रममा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले भनेका थिए, ‘अब संसदमा जाने पालो विश्वप्रकाशको हो। मलाई मेरो पार्टीका अध्यक्ष प्रचण्डले कुनै हालतमा विश्वप्रकाश संसदमा पुग्ने वातावरण बनाउनु भन्नुभएको छ।’

कार्कीले अहिलेसम्म कुनै पनि आर्थिक अनियमितता वा कुनै विवादमा नपरेकाले शर्माको संसदमा उपस्थिति अपरिहार्य भएको बताएका थिए।

तर क्षेत्र नं १ को मतभारको विश्लेषण गर्दा नेकपा एमालेको मत बढी देखिन्छ। गत स्थानीय तहको निर्वाचनका बेला क्षेत्र नं १ मा पर्ने वडाहरूको मतको विश्लेषण गर्दा एमालेकै मत बढी देखिन्छ।

झापा १ मा मेचीनगर नगरपालिकाका १५ वडा, भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडाहरू पर्छन्।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा पनि एमालेले पाएको मत जति पुग्दैन। कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९०५ मत प्राप्त गरेका थिए। एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए।

तर २०७४ सालको चुनावमा पहिला झापाको क्षेत्र नं १ लाई कार्यथलो नबनाएका सुरेन्द्रकुमार कार्कीले भनेजस्तो काम नगरिदिएकाले अब विश्वप्रकाशलाई झापा १ का मतदाताले मत दिने तर्क कांग्रेसका कार्यकर्ताको छ।

कांग्रेसका एकजना क्रियाशील सदस्य गोपाल बस्नेत सोही तर्कले यसपाली शर्माले जित्ने दाबी गर्छन्। एमाले कार्यकर्ता भन्छन्, ‘त्यस्तो तर्कले काम गर्दैन। एमालेको मत कतै जाँदैन।’

प्रतिनिधि सभा चुनावका लागि झापा १ बाट एमालेको तर्फबाट रविन कोइराला एकल सिफारिसमा परेका थिए। तर पछिल्लो समय टिकट बाँडफाँटमा कोइरालालाई प्रदेशमा खुच्याएपछि एमालेका कार्यकर्तामाझ केही असन्तुष्टि थिए।

तर अब त्यो असन्तुष्टि निराकरण भइसकेको एमालेका कार्यकर्ताको तर्क छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?