
अ
+
अ
अ
-
वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका अजय द्विवेदीले चुनाव चिह्न माछा पाएका छन्।
नेपाली कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दलहरुको भागबण्डाअनुसार पर्सा क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएको छ।
यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपा नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव उम्मेदवार छन्। यादव यसअघि ०७४ सालको निर्वाचनमा विजयी भएका थिए।
पर्साको क्षेत्र नम्बर १ मा हालसम्म कुनै पनि उम्मेदवारले दोस्रो पटक जित हासिल नगरेको इतिहास छ। स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदीले आफू अन्यायको विरोधमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।
उनी २०६४ सालको संविधानसभा सदस्यमा चुनाव जितेका थिए। कांग्रेसका पुराना नेता उनी पूर्व जिल्ला सभापति पनि हुन्।