निर्वाचन आचारसंहिताकाे पूर्णपालना गर्ने रुपन्देहीका राजनीतिक दलहरूकाे प्रतिवद्धता

निर्वाचन आचारसंहिताकाे पूर्णपालना गर्ने रुपन्देहीका राजनीतिक दलहरूकाे प्रतिवद्धता
+
-

बुटवल – रुपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

चाँदनी नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा क्रियाशील सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नविन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् ।

दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन आफूहरु प्रतिवद्ध रहेको बताएका हन् । त्यस्तै मतदाताले आफूले रोजेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने हकको संरक्षण र सुनिपिश्चतताप्रति संवेदनशील रहेको भन्दै दलहरुले भनेका छन्,’दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गरिने छ ।’

दलहरूले आफ्ना विचार मतदातासमक्ष खुल्लारुपमा राख्ने र एक अर्काप्रति सम्मानजनक व्यवहार गरिने भन्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन प्रचारप्रसार, आनमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाहरुलाई सहभागी नगराउने पनि उनीहरुको प्रतिवद्धता छ ।

एक दलले अर्को दलको कार्यक्रम नबिथोल्ने वा अवरोध नपुर्‌याउने प्रतिवद्धता जनाउँदै दलहरुले निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतहरू, मतदान अधिकृतहरु र पर्यवेक्षण गर्ने निकायसँग समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने जनाएका छन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले सबै क्षेत्रबाट आचारसंहिता पालना भए मात्रै निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिने भन्दै यसका लागि राजनीतिक दलहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, गैरसरकारी संस्था महासंघका धर्मराज घिमिरेलगायतले मिथ्या र भ्रमपूर्ण सूचना प्रवाहलाई रोक्नुपर्ने र आचारसंहिता कडाइपुर्वक पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

चाँदनी नेपालका अध्यक्ष भवानीप्रसाद पाण्डेले आचारसंहिता पालनामा प्रतिवद्ध गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?