
बुटवल – सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवार रूपन्देही- २ का उम्मेदवार केशवबहादुर थापाले मतदान गरेका छन्।
आज मंसिर ४ गते हुँदै गरेकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उनले बुटवल सडक डिभिजनस्थित मतदान स्थलबाट मतदान गरेका हुन्।
यस्तै, गठबन्धन रूपन्देही २(२) का उम्मेदवार वामदेव क्षेत्रीले पनि मतदान गरेका छन्।
बिहान सातबजेदेखि सुरु भएकाे मतदानमा विभिन्न मतदान केन्द्रमा पुगेर विभिन्न दलका उम्मेदवार तथा अन्य मतदाताले मतदान गर्ने कार्य जारी छ।
निर्वाचन आयाेगका अनुसार मतदान कार्य आज आइतबार साँझ ५ बजेसम्म जारी रहनेछ ।
तस्बिरहरू: