
अ
+
अ
अ
-
बुटवल –कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी विजयी भएका छन्।
अधिकारीले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र का उम्मेदवार चक्रपाणि खनाललाई १५ हजार ६ सय ९२ मतान्तरले हराएका हुन्।
अधिकारीले ३४ हजार ६ सय ७५ मत पाउँदा खनालले १८ हजार ९ सय ८३ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३ सय ९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ६ हजार ७५ मत ल्याए। पराजित खनाल माओवादी केन्द्रका सचिव हुन्।