वीरगञ्ज – प्रतिनिधिसभा बारा क्षेत्र नम्बर- ३ मा नेकपा एमालेकी ज्वाला साह विजयी भएका छन्।
साहले निकटतम प्रतिद्वन्द्वी जसपाका रामबाबु यादवलाई पराजित गरेकी हुन्। साह २० हजार २५१ मत ल्याएर विजयी भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका यादवले १७ हजार २७९ मत प्राप्त गरे। पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका लोसपाका लालबाबु सिंहले ११ हजार ९६४ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
पराजित भएका यादव ०७४ मा यस क्षेत्रबाट सांसदमा जितेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































