वीरगञ्ज – बाराको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका मोहमद समिर विजयी भएका छन्। समिरले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६८ मतान्तरले पराजित गरे।
समिर ८ हजार ३२३ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार पारस प्रसाद साहले ८ हजार २५५ मत प्राप्त गरे।
नेपाली कांग्रेसका उम्मेदवार जयचन्द्र चौरसियाले ५ हजार ५६१ मत ल्याएर तेस्रो स्थानमा चित बुझाए।

भर्खरै
लोकप्रिय






































































































































































































