
अ
+
अ
अ
-
बुटवल – वामपन्थी नेता घनश्याम भुसाललाई एमाले नेता छविलाल विश्वकर्माले पछि पारेका छन्।
रुपन्देही १ मा ९० हजार ९२३ मतगणना हुँदा एमालेका छविलाल विश्वकर्माले २३,४१८ मत ल्याउदै अग्रता लिएका छन्। उनलाई भुसालले २० हजार १२१ मतका साथ पछ्याइरहेका छन्।
अहिले मतान्तर ३ हजार २९७ रहेको छ। अब ५ हजार ३९९ मतगणना हुन बाँकी छ।
भुसाल एमालेले टिकट नदिएपछि सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।