वीरगञ्ज महानगर र पटेर्वा सुगौली गाउँपालिकाले हटाए चार सयभन्दा बढी कर्मचारी

वीरगञ्ज महानगर र पटेर्वा सुगौली गाउँपालिकाले हटाए चार सयभन्दा बढी कर्मचारी
+
-

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाले पालिकामा कार्यरत कर्मचारी हटाएका छन्। दुवै पालिकाले सूचना जारी गर्दै कर्मचारी हटाएको जानकारी गराएका छन्।

वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत चार सयभन्दा बढी कर्मचारी पुस १ गतेबाट लागू हुने गरी हटाएको छ। महानगरका वडा कार्यालय, स्वास्थ्य चौकी, कम्प्युटर अपरेटरलगायतमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाइएका सूचनामा उल्लेख छ।

नगर प्रहरी र बारुणयन्त्रमा कार्यरत कर्मचारीहरुलाई भने हटाइएको छैन। वीरगञ्ज महानगरले दैनिक ज्यालादारीमा पछिल्लो समय चार सयभन्दा बढी कर्मचारी नियुक्त गरेको थियो।

यसैगरि, पर्साको पटेर्वा सुगौली गाउँपालिकाले सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यरत २९ जना कर्मचारी हटाएको छ। गत मंसिर २३ गते बसेको गाउँकार्यपालिकाको बैठकले निजी स्रोतमा कार्यरत सबै २९ जना शिक्षक शिक्षिकालाई आगामी पुष १ गतेदेखि हटाउने निर्णय गरेको थियो।

गत सोमबार सार्वजनिक गरेको सूचनामा गाउँकार्यपालिकाको बैठकले पालिकाबाट प्रदान गर्दै आएको विद्यालय सञ्चालन अनुदान (निजी स्रोत अनुदान) पुष १ गतेबाट रोक्का गर्ने निर्णय भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।

गाउँपालिकाले विद्यालय नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’