नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय
+
-

काठमाडौँ – नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वीएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए।

उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ। हाम्रै छिमेकी देशहरुमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सूसुचित हुँदै सजक हुन आवश्यक रहेको उनले बताए।

कोभिड–१९ को सङ्क्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।

मन्त्रालयले सबै सिमानाका विन्दुका स्वास्थ्य सहायता कक्षहरुमा स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी गर्न आग्रह गरेको छ। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष