शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राख्छुः प्रदेश सांसद अन्सारी

शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राख्छुः प्रदेश सांसद अन्सारी
+
-

वीरगञ्ज – नवनिर्वाचित प्रदेश सभा सदस्य रहबर अन्सारीले शिक्षा क्षेत्रमा हरेक वर्ष आफ्नो संसदीय विकास कोषबाट बजेट दिने बताएका छन्।

मंगलबार वीरगञ्जमा प्रेस सेन्टरले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो क्षेत्रमा शिक्षाको अवस्था निकै कमजोर भएकोले संसदीय विकास कोषबाट भए पनि शिक्षाको क्षेत्रमा बजेट पठाउने बताएका हुन्।

आफूले आफ्नो क्षेत्रमा अनुगमन गर्ने क्रममा विभिन्न सामुदायिक विद्यालयको अवस्था निकै दयनीय पाएकोले शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताए।

‘विद्यालयको अनुगमन गर्दा अवस्था निकै खराब भएको पाएँ। कहीँ शिक्षक छैनन्, कतै विद्यालयको भवन छैन। कहीँ पढाइ राम्रो हुँदैन,’ उनले भने, ‘यो सबै स्थानीय तहले हेर्ने समस्या भए पनि मेरो क्षेत्रको भूगोलभित्र पर्ने भएकाले म संसदीय बजेटबाट भए पनि त्यस्ता समस्या अन्त्य गर्नेछु।’

विकास निर्माणको काम गर्नको लागि मन्त्री नै बन्नुपर्ने आवश्यकता नरहेको बताउँदै आफू मन्त्री नभए पनि विकासका लागि सदैव लागिरहने अन्सारीको भनाइ थियो।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्सारी नेकपा माओवादी केन्द्रबाट पर्सा क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित भएका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’