वीरगञ्ज – वीरगञ्जमा आयोजना गरिने यस वर्षको माघी महोत्सवमा थारु परिकारसँगै अन्य जातजाति समुदायका परिकार पनि राखिने भएको छ।
वीरगञ्जको आदर्शनगरमा रहेको पुरानो बसपार्कस्थित माघ १ गते आइतबार आयोजना गरिने महोत्सवमा थारु समुदायको खानाका परिकारसँगै मधेसी, नेवार, मारवाडी, मैथिल समुदायको खानाका परिकारसमेत राखिने माघी मूल समारोह समिति पर्साले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
थारु समुदायसँगै माघी पर्व अन्य समुदायका रीति संस्कृति तथा खानाका परिकारलाई राखेर अन्य समुदायलाई पनि महोत्सवमा जोडिने माघी मूल समारोह समिति पर्साकी सांस्कृतिक संयोजक विजया ओझैयाले जानकारी दिइन्।
उनले थारु समुदायसँगै अन्य समुदाय पनि सँगैसँगै बसोबास गर्दै आएकाले अन्य समुदायलाई पनि सहभागी गराई महोत्सवको रौनक अझे बढी बढाउनको लागि अन्य समुदायको परिकार,स्टलहरु राखिने बताइन्।
पत्रकार सम्मेलनमा हरेक बर्ष झैँ यस बर्ष पनि वीरगञ्जमा माघी पर्बको अवसरमा र्याली,थारु साँस्कृतिक नाचगानको प्रस्तुतिसँगै कार्यक्रमको उदेश्य राज्यमा आदिवासी थारु समुदायको राजनैतिक,सास्कृतिक,समाजिक पहिचान,राज्यका हरेक निकायमा समानुपातिक समाजेशी प्रतिनिधित्व सहितको हक अधिकार लगायत टिकापुर घटनामा जबरजस्ती बनाइएका राजबन्दीहरुलाई अबिलम्ब रिहाईका लागि साँकेतिक आन्दोलन समेत रहेको माघी मूल समारोह समिति पर्साका प्रभातफेरी संयोजक अमय दास थारुले बताए।
वीरगञ्जमा आयोजना गरिने माघी महोत्सवको मुख्य आकर्षण थारु साँसकृति झलक घाटो समाचकेवा,झम्टा,थारु पुर्बि नाच लगायतका बिभिन्न मनोरन्जणात्मक प्रस्तुति समेत हुने भएकाले महोत्सवलाई सफल बनाइदिन थारु समुदायसँगै आम पर्साबासीसित थारु नागरिक समाज पर्सा,बारा,रौतहटका अध्यक्ष परमानन्द चौधरीले आग्रह गरेका थिए।
यसपालि पर्साको वीरगञ्जसँगै,पर्सागढी नगरपालिका,पटेर्वा सुगौली गाउँपालिका,जिराभवानी र सखुवा प्रसौनी गाउँपालिकामा समेत माघी महोत्सव आयोजना हुँदै छ।

भर्खरै
लोकप्रिय






































































































































































































