प्रचण्ड भन्छन्- सन्दुक रुइतले गरेकाे अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ

प्रचण्ड भन्छन्- सन्दुक रुइतले गरेकाे अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ
+
-

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् सन्दुक रुइतलाई इसा अवार्ड प्राप्त गरेकाेमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

मंगलबार डा. रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका थिए।

प्रचण्डले ट्विटरमा लेखेका छन्,’वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’

बुधबार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनका क्रममा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका थिए। साेही कुरालाई प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक लिने बताएका हुन्।

सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन्। साेही आवाज उठेसँगै डा. रुइतले आफूले गर्ने कामबारे धेरै रहेकाले राष्ट्रपति पद आफ्नाे लागि नभएकाे बताएका थिए।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत ( भिडियो )

राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत ( भिडियो )

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?