सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ: प्रकाश ज्वाला

सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ: प्रकाश ज्वाला
+
-

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उनले न्यौपानेलाई सबै दलहरूले मत दिएर जिताउनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ कांग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्नेमा जाेड दिए।

संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने उनकाे भनाइ छ।

सांसद ज्वालाले भने, ‘सभामुख पदका उम्मेदवार प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखको लागि सक्षम, योग्य हुनुहुन्छ। हामीले उहाँलाई समर्थन गर्नेछौँ। अब यो सभाले आफ्नो नेता पाउनेछ। आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरूलाई दलीय आग्रहभन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ। उहाँले राम्रो र सशक्त भूमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ।’

राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?