
काठमाडाैँ- काठमाडौँकाे सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।
बिहीबार बिहान करिब १२ बजे काठमाडौँकाे सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार आगाे लगाउनेमा अन्दाजी २९/३० वर्षीय विशान गुरुङ लामिछाने रहेका छन्।
आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए।
‘अन्दाजी २९/३० वर्षीय व्यक्ति हुन्। हाम्राे टाेलीले उद्धार गरी अस्पताल पुर्याएकाे छ। थप अनुसन्धान भइरहेकाे छ’, उनले देश सञ्चारसँग भने।
लामिछानेकाे उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ।