दादुरा संक्रमण : दैनिक २७ जना थपिँदा २१ जना निको

दादुरा संक्रमण : दैनिक २७ जना थपिँदा २१ जना निको
+
-

नेपालगञ्ज- बाँकेको पाँचवटा पालिकामा देखिएको दादुरा संक्रमणका बिरामीको संख्या बढ्ने र निको हुने अवस्था बराबरीजस्तै देखिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा दैनिक दुई दर्जन बढी नयाँ बिरामी देखा परिरहेका छन्। यी पालिकामा निको हुने दर पनि बराबरीजस्तै छ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार माघ ९ गतेको अवस्था हेर्दा २७ जना नयाँ बिरामी थपिएका छन् भने २१ जना निको भएका छन्। अरू दिनको अवस्था पनि यस्तै देखिएको छ।

नेपालगञ्जमा २१५ जना, खजुरामा २० जना, कोहलपुरमा ६ जना, नरैनापुरमा २८ जना र डुडुवामा १७ जनामा दादुरा संक्रमण देखिएको छ। अहिलेसम्म २२७ जना निको भएका छन् भने ५८ जना उपचारमा छन्। यी पालिकाको ३० वटा वडामा संक्रमण देखिएको छ।

पालिकाहरूले दादुराविरुद्धको खोप अभियानलाई तीव्रता दिइरहेका छन्। चार पालिकामा ८९ हजार ४५८ जना लक्षित बालबालिकामा रहेकोमा ७९ हजार ९३५ जनालाई खोप लगाइसकिएको छ।

कोहलपुर नगरपालिकामा खोप लगाउने तयारी भइरहेको छ। ६ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप लगाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष