पाकिस्तानको पञ्जाब विश्वविद्यालयमा होली मनाउने विषयमा विवाद हुँदा १५ विद्यार्थी घाइते

पाकिस्तानको पञ्जाब विश्वविद्यालयमा होली मनाउने विषयमा विवाद हुँदा १५ विद्यार्थी घाइते
+
-

पाकिस्तानको पञ्जाब विश्वविद्यालयमा होली मनाउन नदिँदा हिन्दु समुदायका कम्तीमा १५ विद्यार्थी घाइते भएको दावी गरिएको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार यो घटना सोमबारको हो। कट्टरपन्थी इस्लामिक विद्यार्थी संगठनका सदस्यहरूले हिन्दु समुदायका विद्यार्थीहरूलाई होली खेल्नबाट रोकेका थिए।

यो घटना पञ्जाब विश्वविद्यालयको ल कलेजको हो जहाँ करिब ३० विद्यार्थी होली खेल्न पुगेका थिए।

विश्वविद्यालयका विद्यार्थी र प्रत्यक्षदर्शी कासिफ ब्रोहीले पिटिआईलाई भने, ‘विद्यार्थीहरू भेला हुनेबित्तिकै इस्लामी जमियत तुल्बा (आइजेटी) का कार्यकर्ताहरूले उनीहरूलाई होली खेल्नबाट जबरजस्ती रोक्न थाले। जसकारण झडप भयो र १५ हिन्दु विद्यार्थी घाइते भए।

हिन्दु समुदायका विद्यार्थीले होली मनाउन विश्वविद्यालय प्रशासनबाट अनुमति लिएको पनि ब्रोहीले दावी गरे।

झडपमा घाइते अर्का विद्यार्थी खेत कुमारले आइजेटी सदस्यको व्यवहारविरुद्ध विद्यार्थीले उपकुलपतिको कार्यालय बाहिर प्रदर्शन गर्दा गार्डले धकेलेको बताए।

आइजेटीका प्रवक्ता इब्राहिम साहिदले भने यस मामिलामा आफ्ना विद्यार्थीहरूको संलग्नताको दावीलाई अस्वीकार गरेका छन्।

उपकुलपतिले यस विषयमा छानबिन गर्न आदेश दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?