धौलागिरी बहुमुखी क्याम्पसमा विवाद: नेविसंघले फोड्यो ताला, निर्वाचन अधिकृतले दिए राजीनामा

धौलागिरी बहुमुखी क्याम्पसमा विवाद: नेविसंघले फोड्यो ताला, निर्वाचन अधिकृतले दिए राजीनामा
+
-

पाेखरा- बाग्लुङको धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितजस्तै बनेको छ। कार्यतालिका अनुसार स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा धौलागिरी क्याम्पसको विवाद साम्य हुन सकेको छैन। धौलागिरीमा झनै विवाद बढ्दै गइरहेको छ।

विवाद बढ्दै गएपछि निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएका छन्। एकपछि अर्को गर्दै बखेडा थपिएको भन्दै मंगलबार साँझ उनले क्याम्पस प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।

क्याम्पसमा विकसित राजनीतिक घटनाक्रमले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण नभएकाले राजीनामा दिएको उनले बताए।

‘चुनाव हुने माहोल बनेन । खास सक्कली विद्यार्थी राजनीति लाउनुपर्नेमा अरूलाई लाग्यो’, देश सञ्चारसँगको कुराकानीमा उनले भने, ‘क्याम्पसका विद्यार्थीभन्दा पनि पार्टीहरूको इन्ट्रेस्ट बढी हावी भयो।’

निर्धारित समयमा निर्वाचन गराउने वातावरण नभएकाले नैतिकताले निर्वाचन अधिकृतको रूपमा टाँसिएर बसिरहन नमिलेको उनको भनाइ छ। ‘बाध्य भएर राजीनामा दिएँ’, निर्वाचन अधिकृत न्यौपानेले टेलिफोनमा भने।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुनुपर्नेमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निर्वाचनका लागि छुट्टै परिचयपत्र बनाउनुपर्ने, फर्जी विद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्नेलगायत माग राखेर निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि प्रक्रिया अगाडि बढ्नै सकेको छैन।

मंगलबार दिउँसो नेपाली कांग्रेसनिकट नेविसंघले निर्वाचनको कार्यालयमा लगाइएको ताला तोडेको थियो।

लामो सयमसम्म पर्खदा तालाबन्दी नखुलेपछि तोडेको नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसका सभापति दिनेश पन्तले बताए।

‘हाम्रो अधिकार हनन भयो। निर्वाचन प्रक्रिया अगाडि बढाउन पर्‍याे भनेर तालाबन्दी खोलियो’, उनले भने।

सहमतिका लागि लामो समय पर्खिएको पन्तको भनाइ छ।

तालाबन्दी भएपछि क्याम्पस प्रशासनले सहमतिको वातावरण तयार भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउने बताउँदै आइरहेको थियो।

कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया सुरु नभएको भन्दै सोमबार क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तीराम न्यौपानेसहितलाई सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले कार्यकक्षमै थुनेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?