रूपातालको प्रचारमा ब्युँताइँदै सिस्टेनी मेला

रूपातालको प्रचारमा ब्युँताइँदै सिस्टेनी मेला
+
-

पाेखरा- रूपाताल छेउको गाउँ सिस्टेनीमा पहिले चैते दसैंको बेला ठूलो मेला लाग्थ्यो। २ दिने मेलामा हजारौँ सहभागी हुन्थे। स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोकोलगायतका सामग्री खरिद बिक्रीको थलो थियो सिस्टेनी मेला।

६० को दशकपछि सिस्टेनी मेला लाग्न छाड्यो। मेला रोकिनुको कारण थियो- सशस्त्र जनयु्द्धसँगै मेलामा हुने हुलदंगा।

सिस्टेनीका गाउँले चैतेदसैंमा लाग्ने ‘सिस्टेनी मेला’ ब्युँताउन लागि परेका छन्। ओझेलमा परेको रूपातालको प्रचारप्रसार गर्न शान्तिरूपा बराहथोक तमु युवा परिवारले पोखराको रूपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गरेको छ।

परापूर्वकालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै चैत १५ देखि १७ गतेसम्म मेला आयोजना गर्न लागिएकाे हाे।

शान्ति रुपा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्वकालदेखि लाग्दै आएको मेलालाई ब्युँताउन लागेको बताए।

उनले सिस्टेनी मेला दोस्रो संस्करणको भएको जानकारी दिए। यसअगाडि २०७४ सालमा पहिलो संस्करण भएको थियो। ‘त्यसपछि कोरोनाले रोकियो’, उनले भने, ‘पुरानो मेलालाई ब्युँताउने प्रयासमा छौँ।’

मेलाकै अवसरमा साविक वडास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता हुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए।

प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङ्जालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उनले जनाए।

भलिबल प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

मेला सञ्चालन गर्न ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने र २ लाख २५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?