
काठमाडौँ – डा. गोविन्द केसीको जीवन रक्षा माग र उनको मागलाई बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकले बिहीबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालको आकाश्मिक बाहेकका सेवा ठप्प पार्ने गरी आन्दोलन थालेका छन् ।
तर सरकारले भने महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतलासहित कहिँ पनि अस्पतालको सेवा ठप्प नपार्न निर्देशन दिएको छ ।
त्रिवि अस्पतालमा सेवा सुरु गर्ने र रोक्ने भन्ने पक्षबिच विवाद भएको छ । अस्पताल परिसरमा प्रहरी परिचान गरिएको छ । अस्पतालको प्रशासन खुल्ला छ तर सेवा लिन पुग्नेहरु भने निकै कम छन् ।