प्रोस्टेटसम्बन्धी समस्या भएकालाई नर्भिकमा विशेष अभियान सञ्चालन हुने

प्रोस्टेटसम्बन्धी समस्या भएकालाई नर्भिकमा विशेष अभियान सञ्चालन हुने
+
-

काठमाडौँ- यस वर्षको विश्व स्वास्थ्य दिवस (वर्ल्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ।

आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको बृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।

यो कार्यक्रममा सहभागी हुनेहरूलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्थासमेत गरिएको अस्पतालले जनाएको छ।

साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किमसमेत सार्वजनिक गरिएको छ।

यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेसिफिक एन्टीजेन(पिएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

शनिबार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ।

कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त विष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन्।

प्रोस्टेट ग्रन्थीका बिरामीले सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ।

नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि निःशुल्क र वृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ।

यस्ता कार्यक्रममा परामर्श सेवा, विभिन्न खालका परीक्षणहरूमा भारी छुटको स्किम समेत ल्याइने गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष