अनुसन्धान र निष्कर्ष : जीवनलाई अर्थ दिने माध्यम यौन

जीवनलाई अर्थपूर्ण बनाउने माध्यम के ?

जीवनलाई अर्थपूर्ण बनाउने माध्यम के ?
+
-

‘जीवनलाई अर्थपूर्ण के कुराले बनाउँछ ?’ यसमा खोज तथा विभिन्न मत आउने गर्छन् र यो अहिले सुरु भएको होइन ।

प्राचीन ग्रिक सभ्यतादेखि नै मानिसलाई आफ्नो जीवन अर्थपूर्ण भएको महसुश गराउने खुशीका बारेमा चर्चा हुने गरेको हो । अहिलेसम्म यसको ठोस निष्कर्ष वा यसले नै जीवन अर्थपूर्ण भएको जानकारी गराउँछ भन्ने सर्वमान्य मान्यता आएको छैन ।

जीवनलाई पूर्ण शारीरिक आनन्द वा मानसिक शान्तीले दिन्छ भन्ने विषयमा मत अभिमत हुँदै आएको छ । हेडोनिजमका पक्षधरहरुले आनन्दको अनुभुति र पीडाको अभावलाई खुशीको रुपमा परिभाषित गर्ने गरेका छन् । त्यसो भए एउटा अर्थपूर्ण जीवन त्यो हो, जसमा शारीरिक खुशीको मात्रा भरपूर हुन्छ ।

अर्थात स्वादिलो खाना, मन पर्ने ड्रिङ्क्ससहितका कुरा खुशी जीवनका लागि महत्वपूर्ण पक्ष हुन्छन् । यसैगरी खेलकुद, नृत्य, संगीत अनि भुल्नै नहुने कुरा वा छुटाउन नै हुने पक्ष शारीरिक सुखको माथिल्लो स्तर, यौन सुख, अर्थपूर्ण जीवनको महत्वपूर्ण पाटो हो । हेडोनिस्टका अनुसार उच्च स्तरको यौनले जीवनलाई सुखी बनाउँछ ।

तर अर्को पक्षले भने अर्थपूर्ण जीवनका लागि शारीरिक सुखको ठाउँ निकै कम मात्रै हरेको मान्छन् । उनीहरुका लागि मानसिक शान्ती वा आनन्द ठूलो कुरा हो ।

प्राचीन ग्रिकमा भन्ने गरिएको युडाइमुनिया अर्थात राम्रो आत्मा भएको मानव हुनु सुख हो । यसलाई अझ प्रष्ट रुपमा भन्दा जीवनको अर्थपूर्ण खुशी शारीरिक भन्दा मानसिक गतिविधिबाट प्राप्त हुन्छ ।

युडाइमुनियाका पक्षधरले जीवन शान्त तथा ध्यान तपमा बिताउनु पर्ने पक्कै बताउँछन् । त्यसमा पनि सिकाई र चिन्तनलाई बिस्तारित गर्दा झन जीवन पूर्ण हुने उनीहरुले बताउने गरेका छन् । यस्तो खुशीको आयु शारीरिक सुख भन्दाको भन्दा कयौँ गुणा लामो हुने युडाइमुनियाका पक्षधरले बताउँछन् ।

सकारात्मक मनोविज्ञानको क्षेत्रमा पछिल्लो केही दशकदेखि यो विषयमा अनुसन्धान हुने गरेका छन् । पछिल्लो पटक भएको अनुसन्धानमा वैज्ञानिक पद्धति अपनाएर नै जीवनको अर्थ पाउने कुरा के रहेछ भनेर खोज्ने प्रयास गरिएको मनोविद टड काश्डनले बताएका छन् ।

जर्ज मेसन विश्वविद्यालयका प्राध्यापक काश्डन र उनका साथीहरुले यसबारेमा अनुसन्धान गरेका छन् । यो अनुसन्धानमा हेडोनिजम भन्दा युडाइमुनियाका कुरालाई केन्द्रमा राखिएको छ । यो अनुसन्धानमा दैनिक यौन जीवनसँग सम्बन्धित कुरामा अरु भन्दा थप ‘कंक्रिट’ उत्तर आएको छ ।

यौनसँग सम्बन्धित भएर गरिएका धेरै अनुसन्धानमा त्यसका कारण आउन सक्ने कमप्लिकेशनका बारेमा चर्चा गरिएको हुन्छ । तर यौनले जीवनको अर्थलाई पूरा गर्ने युडाइमुनियाका पक्षपातीले नै बताएका छन् । काश्डकको नेतृत्वमा भएको अनुसन्धानमा सहभागीलाई, ‘के यौन क्रियाकलामा संलग्न हुँदा जीनवको अर्थ सम्बन्धी धारणा थप स्पष्ट हुन सहयोग गरेको छ ?’ भनेर सोधेका थिए ।

१५२ जना विश्वविद्यालयका छात्रछात्रासँग गरिएको अनुसन्धानबाट आएको नतिजाले यौनले जीवनको अर्थ स्पष्ट गर्नका लागि सहयोग गर्ने उत्तर दिएका छन् । तीन हप्तासम्म सबैलाई उनीहरु सुत्नु पूर्व प्रश्न गर्ने गरिएको थियो ।

अनुसन्धानको सुरुमा उनीहरुले आफ्ना बारेमा यस्तो जानकारी दिएका थिए:

सम्बन्धको अवस्था : ६४ प्रतिशत प्रतिबद्ध सम्बन्धमा थिए, धेरैजस्तोले डेट गरिरहेका थिए भने केही सँगै बसेका थिए र केही विवाहित थिए ।

सम्बन्धमा रहेको घनिष्ठता : प्रतिबद्ध सम्बन्धमा रहेकाहरुले पनि आफूहरु अभिभावकसँग कति नजिक छन् भन्ने बारेमा बताएका थिए ।

सम्बन्धको अवधी : उनीहरुले सम्बन्धमा रहेको अवधी पनि बताए । धेरैजसोको सम्बन्धको कायम भएको अवधी एकदेखि पाँच वर्ष थियो ।

सहभागी सबैले हरेक रात सुत्नुअघि यी विषय बस्तुसँग केन्द्रित भएका प्रश्नको उत्तर दिने गरेका थिए ।

जीवनको अर्थ : सहभागीले १ देखि ७ को स्केलमा रहेर, तपाईँको जीवन आज कत्तिको अर्थपूर्ण रहेको महसुश गर्नु भयो ?’ भन्ने प्रश्नको उत्तर दिन्थे ।

सकारात्मक र नकारात्मक प्रभाव : समान स्केलमा सहभागीले चार सकारात्मक मुडहरु : खुशी, सन्तुष्टि, उत्साह र जोशको बारेमा बताउँथे । यस्तै उनीहरुले चार नकारात्मक मुडहरुः चिन्ता, निराशा, लाज र उदासीको स्तर पनि बताए ।

यौन गतिविधि : सहभागीले हरेक दिन उनीहरुले यौन सम्बन्ध कायम गरे नगरेको बारेमा बताउँथे । यो अनुसन्धानका लागि उनीहरुका प्रेमी वा प्रेमिकासँगको यौन सम्बन्ध मात्रै गणना गरिएको थियो । उनीहरुले यौन सम्बन्ध कायम गरेको भए, त्यसबाट महसुश भएको आनन्द र आत्मियताको स्तर पनि संकेत गर्नु पर्ने थियो ।

यो अनुसन्धानबाट काश्डक र उनका साथीहरुले यौन गतिविधिको सम्बन्ध सकारात्मक मुड र जीवनको अर्थसँग रहेको भेट्टाए ।

अनुसन्धानबाट यौन सम्बन्धले व्यक्तिलाई थप खुशी र पूर्ण बनाउने देखियो । यस्तै खुशी र पूर्ण महसुश गर्ने व्यक्तिले अरुले भन्दा बढी यौन सम्बन्ध कायम गर्ने गरेको पनि अनुसन्धानबाट देखिएको छ ।

स्रोत : साइकोलोजी टुडे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?