कानुनमा के छ?

सवारीसाधन ‘मोडिफाइ’ गर्दा के हुन्छ कारबाही? (भिडियोसहित)

+
-

काठमाडौँ – बाटोमा हिँडिरहेको बेला कहिलेकाहीँ मोटरसाइकलको चर्को आवाजले हामीलाई असर गरिरहेको हुन्छ। तर हामी सोच्दैनौँ कि यो कानुनविपरीत कार्य हो भनेर।

चर्को आवाज आउने गरी कुनै बाइकमा ‘साइलेन्सर’ प्रयोग गरियो भने सवारीसाधनको स्वरुप बिगारेको अभियोगमा कानुनी सजाय हुन्छ। कुनै पनि सवारी साधनको रङ नै परिवर्तन गर्न, सवारीसाधनको स्वरुप नै परिवर्तन हुने गरी अन्य पार्टपूर्जा थप्न वा हटाउन पाइँदैन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन गर्न नहुने भनेर उल्लेख गरीएको छ।

सवारीसाधनको स्वरुप कस्तो–कस्तो अवस्थामा परिवर्तन गर्न पाइँदैन? स्वरुप नै परिवर्तन हुने गरी सवारी पार्ट पूर्जा परिवर्तन गर्दा कस्तो कानुनी सजाय हुन्छलगायतका विषयमा हामीले ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्र प्रसाद भट्टसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

सवारीसाधनको स्वरुप परिवर्तन हुने गरी के–के गर्न पाइँदैन?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा उल्लेख भए विपरीतको कार्य गरे सवारीसाधनको स्वरुप परिवर्तन हुने भनि उल्लेख गरिएको छ। जसमा स्वरुप परिवर्तनअन्तर्गत सवारीको रङ, सिट संख्या, पार्ट पूर्जाहरु र इन्जिनमा कुनै परिवर्तन गर्नु हुँदैन भनेर भनेको छ। त्यही कुराहरुलाई सवारीको स्वरुप परिवर्तन भनिन्छ।

सामान्यतया धेरै देखिने भनेको चाहिँ पार्टपुर्जा परिवर्तन गरेर लगाउने वा चेन्ज गर्ने गरेको पाइने ट्राफिक प्रहरीले चेकचाँजको क्रममा फेला पार्ने गरेको छ। बढीजस्तो मोटरसाइकलहरुले सवारीको स्वरुप परिवर्तन गर्ने गरेको पाइन्छ।

कतिसम्म स्वरुप परिवर्तनलाई यसले स्वीकार गरेको छ?

सामान्य पार्टपुर्जा फेर्नेलाई चाहिँ यसले स्वरुप परिवर्तन गरेको भनेर भन्दैन। सामान्य पार्टपुर्जा चाहिँ परिवर्तन गर्न मिल्छ भनेर यसले भनेको छ। सवारीको आकार प्रकारमा नै परिवर्तन आउने, रङमा फरक पर्ने, वास्तविक आवाज फरक पर्ने गरी परिवर्तन गर्ने कुरालाई चाहिँ यसले स्वीकार्दैन।

सवारीसाधनको रङ परिवर्तन गर्न परे के गर्ने?

त्यस्तो अवस्थामा ऐनले प्रस्ट भनेको छ, अधिकारप्राप्त अधिकारीको अनुमति लिएर मात्रै परिवर्तन गर्न सकिन्छ। यसको लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुबाट के परिवर्तन गर्ने हो, कस्तो रङ लगाउने हो, त्यसबारे निवेदन दिएर त्यहाँबाट स्वीकृत गरेपछि मात्रै परिवर्तन गर्न पाइन्छ।

मोबाइल स्ट्याण्ड राख्न पाइन्छ कि पाइँदैन?

‘ओरिजिनल’ पार्टपुर्जामा थप गरियो भने त्यो चाहिँ स्वरुप परिवर्तन नै भनेर भनिन्छ तर ट्राफिक प्रहरीले त्यसमा स्वरुप परिवर्तन नै भनेर कारबाही भने गरेको छैन। हामीले केही समय पहिले सेयर राइडिङ एपहरुलाई मोबाइल स्टेण्ड नराख्न भनेका थियौँ तर त्यसमा पनि हामीले सम्झाएर छाड्ने गरेका छौँ।

त्यो चाहिँ सवारीको स्वरुप परिवर्तनभन्दा पनि मोबाइल हेर्दै सवारी चलाउँदा चालको ध्यान भड्किएर दुर्घट्नासमेत हुनसक्ने भएकोले ट्राफिक प्रहरीले अनुरोध गरेको हो। स्वरुप परिवर्तनभन्दा पनि दुर्घटना न्यनीकरणको लागि भनिएको हो।

कानुनी सजाय के हुन्छ?

सवारीसाधनको स्वरुप परिवर्तन गरेको पाइएमा ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाहीको लागि यातायात व्यवस्था कार्यालयहरुमा पठाउने गरेको छ। त्यसपछि यातायात व्यवस्था कार्यालयले स्वरुप परिवर्तन गरेको सच्याउन लगाइ जरिवाना गराउने व्यवस्था छ।

जरिवाना सामान्यतया साढे सात हजार तिराउने गरिन्छ तर यातायात व्यवस्था कार्यालयलाई त्योभन्दा बढी पनि जरीवाना तिराउन सक्ने व्यवस्था छ।

सवारी साधनको स्ट्रक्चर नै परिवर्तन गरेको, चेस्ट नै परिवर्तन गरेको, इन्जिन नै परिवर्तन गरेको आदि व्यस्थामा भने जरीवाना बढीसमेत हुनसक्छ।

यस विषयमा कहाँ र कसरी उजुरी दिन मिल्छ?

कुनै पनि सवारीसाधनले स्वरुप परिवर्तन गरेको भन्ने कुरा थाहा भएमा ट्राफिक प्रहरीलाई १०३ मा फोन गरेर वा ट्राफिक प्रहरीको फेसबुकमा, ट्वीटर जेमार्फत पनि उजुरी गर्न सकिन्छ। साथै कसैले स्वरुप परिवर्तन भएको थाहा पाएमा व्यक्ति स्वयम उपस्थित भएर वा नजिकको ट्राफिक प्रहरी कार्यालयमा पुगेर जुनसुकै अवस्थामा पनि उजुरी गर्न सकिन्छ।

सवारीसाधनको स्वरुप परिवर्तन भएकोबारे उजुरी कत्तिको आउने गर्छन्?

उजुरी नै चाहिँ एकदमै नगन्य मात्रामा मात्रै आउने गर्छन्। सामान्यतया ट्राफिक प्रहरीले चेकजाँचको क्रममा त्यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिने गरेको छ। चालु आर्थिक वर्षको ९ महिनामा १ सए ४० वटा सवारीसाधनलाई स्वरुप परिवर्तन गरेको कारणले गर्दा कारबाहीको लागि पठाइएको छ।

कस्तो सवारी साधनहरुले बढी मात्रामा स्वरुप परिवर्तन गर्ने गरेका छन्?

प्रायजसो हामीसँग आएको केसमा बुलेट बाइकहरुले स्वरुप परिवर्तन गर्ने गरेका छन्। बुलेट बाइकहरुले चाहिँ प्रायः गरेर साइलेन्सरको जाली झिक्ने, बढी आवाज आउने अर्को साइलेन्स राख्ने त्यस्ताखालको प्रविधि चाहिँ बढी हुने गरेको पाइन्छ।

यो पनि पढ्नुहोस्

पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? (भिडियोसहित)

पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? (भिडियोसहित)

वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? (भिडियोसहित)

वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?