
काठमाडौँ – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
उनको उपचारमा संलग्न चिकित्सकले राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भएको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उनलाई बुधबार उपचारका लागि दिल्ली लगिएको थियो।