भिडियो हेर्दा हातमै पड्कियो मोबाइल, ८ वर्षीया बालिकाको मृत्यु

भिडियो हेर्दा हातमै पड्कियो मोबाइल, ८ वर्षीया बालिकाको मृत्यु
+
-

काठमाडौं- भारतको केरलामा भिडियो हेर्दै गर्दा मोबाइल पड्किदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ।

सोमबार राति केरलाको थिरुभिलवामालामा मृत्यु हुने बालिका आदित्यश्री हुन्। उनी पूर्व ब्लक पञ्चायत सदस्य, पजयान्नुर र सौम्या, सेवा सहकारी बैंक, तिरुविलवामालाकी निर्देशक अशोक कुमारकी छोरी हुन्।

आदित्यश्री कक्षा ३ मा अध्ययनरत छात्रा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। परिवारका अनुसार मोबाइल फोन बालिकाको हातमा नै विस्फोट भएको थियो।

घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने फरेन्सिक टोलीलाई पनि खटाएको छ। स्थानीय बासिन्दाका अनुसार घरबाट ठूलो आवाज आएको थियो। दुर्घटना सोमबार राति साढे १० बजे भएको थियो।  घटनाको समयमा बालिका र उनकी हजुरआमा मात्रै घरमा थिए।

धेरै विद्यार्थीहरू छुट्टीको समयमा भिडियोहरू हेर्ने र गेम खेल्न मोबाइल फोनको प्रयोग धेरै गर्ने भएकाले यस घटनाले विशेष गरी अभिभावकहरूलाई तर्साएको छ।

मोबाइल फोन धेरै तातेकाले पड्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ। विज्ञहरूले चार्ज गर्दै मोबाइल फोन प्रयोग नगर्न चेतावनी दिएका छन् भने धेरै तातेको अवस्थामा पनि फोन पड्किनसक्ने भन्दे सचेत बनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?