गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै, केन्द्रको निर्णय कुर्दै माओवादी

गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै, केन्द्रको निर्णय कुर्दै माओवादी
+
-

पोखरा- गण्डकी प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दिएको समय आज दिउँसो ४ बजे सकिँदैछ।

माओवादीले केन्द्रको निर्णय पर्खिरहेकाले नयाँ सरकार गठनमा ढिलाइ भइरहेको हो। केन्द्रको निर्णय आएपछि सरकार गठन हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।

माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते ढलेपछि नयाँ सरकार गठन हुन लागेको हो।

पुस २५ गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते फिर्ता लिएको थियो।

तनहुँ १ को उपनिर्वाचनलाई बार्गेनिङ गरेर गण्डकीमा माओवादीले मुख्यमन्त्री दाबी गरेको हो।

तर परिणाम अपेक्षित नआएपछि कांग्रेसले पहिला मुख्यमन्त्री पाउने सम्भावना बलियो छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?