
काठमाडौँ–वैदेशिक रोजगारीमा जाने कामदारले त्यहाँबाट फर्किएपछि केही अवस्थामा फेरि ती देशमा जान पाउँदैनन्। करार अवधि सकेर फर्किएर, करार अवधि नसकिँदै कुनै पनि आरोप नलागि फर्किएमा पनि ती कामदार फेरि कुवेत जान पानउँछन् ।
तर कुनै कारणले डिपोर्ट भएका कामदार भने फेरि जान पाउँदैनन्। सेन्टर फर माइग्रेसनका अनुसार सामान्य सजाय भोगेर फर्किएका तर कुवेत सरकारले डिपोर्ट नगरेको वा ब्ल्याक लिष्टमा राखेको छैन भने पनि उनीहरु पुनः रोजगारीका लागि कुवेत जान पाउँछन् । तर डिपोर्टेसन वा ब्ल्याक लिष्टमा परेकाहरु भने पुनः कुवेत जान पाउँदैनन्।
आममाफी प्रक्रियामा सहभागी भएर फर्किएका कामदार पनि फेरि कुवेत जान पाउँछन्। ओभरस्टे भएका तर कुनै सजाय नभोगी कुेवत सरकारलाई तिर्नुपर्ने जरिवाना तिरी नेपाल फर्किएमा फेरि कुवेत जान पाउने छन्।
तर डिपोर्ट भएर नेपाल फर्किएका कामदार भने फेरि कुवेत जान पाउँदैनन्। कुवेतमा ओभरस्टे भएका कामदारले प्रतिदिन २ कुवेती दिनार जरीवाना तिर्नुपर्छ।