बालबालिका : पानी र स्वास्थ्य

तपाईँका छोराछोरीले दिनमा कति पानी पिउनु पर्छ?

तपाईँका छोराछोरीले दिनमा कति पानी पिउनु पर्छ?
+
-

साना बालबालिकामा पानीको मात्रा कम हुन नदिएमा उनीहरुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । विशेष गरी गर्मी याम वा व्यायामपछि पानीको मात्रा शरीरमा कम हुन्छ ।

बालबालिकामा डिहाइड्रेसन अर्थात पानीको मात्रा कम भएको थाहा पाउने र उनीहरुलाई पानीको वास्तवमा कति चाहिन्छ भन्ने थाहा पाउन सके स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ ।

जन्मदा बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झण्डै ७५ प्रतिशत हुन्छ । हुर्किँदै गरेका बालबालिका र वयश्यकको शरीरमा तरल पदार्थको मात्रा झण्डै ६० प्रतिशत हुन्छ ।

तरल पदार्थ स्वास्थ्यका लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यसले पनि बनाउँछ । हाम्रो शरीरमा रहेका कोषहरुले काम गर्नका लागि तरल पदार्थकै भर परेका हुन्छन् ।

यस्तै शरीरलाई नचाहिने पदार्थ बाहिर निकाल्न पनि तरल पदार्थकै प्रमुख भूमिका हुन्छ । वयश्क हुन् वा बालबालिका सबैको स्वास्थ्यमा उनीहरुले लिने तरल पदार्थको मात्रा र प्रकारको असर रहन्छ ।

बालबालिकाले लिनु पर्ने तरल पदार्थको मात्रामा विविधता छ । उमेर र लिंगका आधारमा तथा मौसम र शारीरिक गतिविधिका आधारमा यसको निर्धारण गर्न सकिन्छ ।

तर सामान्य रुपमा ४ देखि १३ वर्षसम्मका बालबालिकाले एक दिनमा ६–८ गिलास तरल पदार्थ पिउनु पर्छ । चार वर्ष भन्दा कम उमेरका बालबालिकालाई चाहिने तरल पदार्थको मात्रा कम हुन्छ ।

एक दिनमा कसले कति पानी पिउनु पर्छ ?


४–८ वर्षका बालबालिकाः दिनको १.१ देखि १.३ लिटर

९–१३ वर्षसम्मका बालिकाः दिनको १.३ देखि १.५ लिटर

९–१३ वर्षसम्मका बालकः १.५ देखि १.७ लिटर

पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरु पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ । यसले शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ । काँक्रो, खरबुजासहितका फलफूलमा पानीको मात्रा ९० प्रतिशतसम्म रहन्छ ।

बालबालिकामा डिहाइड्रेसनको लक्षण


बालबालिकामा उनीहरुको शरीरको तौलको तुलनामा पानीको मात्रा बढी चाहिन्छ वयश्कलाई भन्दा । शिशु तथा साना बालबालिका जो घामको सम्पर्कमा त्यति आउँदैन वा बाहिरको गर्मी त्यति सहनु पर्दैन, उनीहरुका लागि पनि पानीको केही मात्रा आवश्यक हुन्छ ।

गर्मी मौसम वा उनीहरु निकै सक्रिय भएको बेलामा पानी चाहिन्छ । तर बालबालिकाले आफूलाई तिर्खा लागेको सुरुवाति चरणमै थाहा पाउँदैनन् । यसले गर्दा उनीहरुमा डिहाइड्रेसन हुने खतरा बेसी हुन्छ ।

मध्यम खालको डिहाइड्रेसनले पनि बालबालिकालाई झिझ्याट मान्ने बनाउँछ । उनीहरुमा थकान देखिन्छ । टाउको दुख्छ । यस्तै एकाग्रताको अभाव र मानसिक सक्रियतामा कमी तथा छाला फुस्रो हुँदै जान्छ ।

डिहाइड्रेसनबाट जोगिन के पिउने ?


बालबालिकालाई डिहाइड्रेसनबाट जोगाउनका लागि पानी सबैभन्दा राम्रो विकल्प हो । बालबालिकालाई सुरुतिरै पानी पिउनु पर्ने पेयपदार्थ हो भनेर चिनाउनु पर्छ । योसँगै दूध, फलफूलको जुसले पनि शरीरलाई चाहिने तरल पदार्थ र अरु पोषण पनि दिन्छ ।

गुलियो नपारिएको फलफूल जुसले शरीरमा भिटामिन सी को मात्रा पनि दिन्छ । तर यस्ता जुस एसिडिक हुने र प्राकृतिक सुगर रहने भएकाले दिनको १५० मिलिलिटर भन्दा बढी दिनु हुँदैन । यस्तो जुस विशेषगरी खाना खाने बेलामा दिनु पर्छ ।

यस्तै अरु खालका एसिडिक जुसहरु बालबालिकालाई कम दिनु पर्छ वा खान हुँदैन । त्यसका लागि अभिभावकले पनि एसिडिक पेयपदार्थ अभोइड गर्न सक्छन् ।

एसिडिक पेयपदार्थले बालबालिकाको दाँतमा रहेको इनामेलमा असर गर्छ भने गुलिया पेयपदार्थले दाँतको क्षमतामा ह्रास ल्याउँछ । पेयपदार्थकै कारण क्यालोरिको मात्रा बढ्ने भएका कारणले क्याफिनको मात्रा रहने शक्तिवर्धक पेयपदार्थ बालबालिकालाई दिनु हुँदैन ।

बालबालिकालाई पानी पिउन कसरी इनकरेज गर्ने ?


अभिभावकले सन्तान समक्ष रोलमोडलको भूमिका खेल्न सक्छन्, त्यसका लागि आफूले दिनभर मिलाएर पानी बारम्बार पिउने गर्नुपर्छ ।

यसले बालबालिकामा पानी पिउने बानी बस्छ । बालबालिकाले पानी पिउन रुची देखाउँदैनन् भने रिसाउनुको साटो शान्त बस्नु पर्छ ।

यस्तै अरु केही उपाय पनि अपनाउन सकिन्छ,

स्कुल जानुअघि पानी खुवाउने वा खान इन्करेज गर्ने, यसका लागि ब्रेकफास्टको समय वा खेल्दै गर्दा र खेलेपछिको समय प्रयोग गर्न सकिन्छ ।

नियमित रुपमा पानी  पिउने हो ? भनेर सोध्ने । विशेष गरी गर्मीको समयमा यो प्रश्न नियमित गर्ने ।

पानीको मात्रा बढी भएका फलफूल, तरकारी, दूध, सुपसहितका खानेकुराको मात्रा बढाउने ।

स्कुल पठाउँदा पानी भरेको बोटल झोलामा हाल्दिने ।

पानी पिउनु नरुचाए पनि प्रयास भने निरन्तर गरिरहने ।

बालबालिकालाई उनीहरुको पानी पिउने कप वा बोटल रोज्न दिने । र भर्न पनि लगाउने ।

आइस वा कागती अथवा काँक्रोको टुक्रा पानीमा राखिदिने ।

(बिबिसी गुडफुडका लागि डा. फ्र्यांकी फिलिप्सले लेखेको लेखको अनुवाद)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?