हामी म्याराथनमा छौँ, कुनै लेगमा पछाडि पर्यौँ भने ठूलो कुरा ठान्दैनौँ: प्रदीप ज्ञवाली

हामी म्याराथनमा छौँ, कुनै लेगमा पछाडि पर्यौँ भने ठूलो कुरा ठान्दैनौँ: प्रदीप ज्ञवाली
+
-

 

पोखरा – नेकपा एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले म्याराथनमा दौडिरहेकाले कुनै लेगमा पछाडि पर्दै‍मा नआत्तिने बताएका छन्।

उपनिर्वाचिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत परिणामबारे ज्ञवालीले भने,’पानीदार घोडाको परीक्षा लामो दौडमा हुन्छ भन्छन्। हामी म्याराथनमा छौँ। सय मिटर दौडको रेशमा होइन।’

सय मिटरमा दौड हार्नेले म्याराथन जित्ने उनको दाबी छ। बिहीबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भने,’हामी म्याराथनमा छौँ। कुनै-कुनै लेगमा पछाडि पर्यौँ भने ठूलो कुरा ठान्दैनौँ। किन हामी त ६४ सालमा त्यो आँधीतुफान पनि व्यहोरेर आएका हौँ। तत्कालीन माओवादीको २४० मध्ये १२० सिट, एमाले खुम्चिएर ३३ सिट। हाम्रा कतिपय नेताहरू एमालेको भविष्य छैन त्यही लगेर बिसाइदिउ भन्ने ठाउँमा हुँदाखेरी धुलो टकटक्याएर उठेका हौँ।’

चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प नेकपा एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भीरतापूर्वक हरेको तर नझस्किएको उनको दाबी छ।

उनले असन्तृष्टी क्यास गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको बताए। ‘देशमा दुख छ, विडम्बना छ। युवाहरू बेरोजगार छन् यो भन्न त धेरै पढिरहनु नि परेन। त्यो कसैले पनि भन्न सक्छ। तर, यसको समाधान के हो त? यसबारेमा उहाँहरू (रास्वपा) प्रस्ट हुनुहुन्छ जस्तो मलाइ लाग्दैन्’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?