अनुसन्धान : मंगल ग्रहमा तरल अवस्थामा पानी

मंगल ग्रहमा भेट्टियो पानीको ताल, जीवनको सम्भावना कति ?

मंगल ग्रहमा भेट्टियो पानीको ताल, जीवनको सम्भावना कति ?
+
-

अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।

सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था रहेको वैज्ञानिकको भनाई छ । यसअघिका अनुसन्धानमा मंगल ग्रहमा कुनै बेला पानी रहेको भन्ने संकेत दिने प्रमाण भेट्टिएका थिए ।

तर मंगल ग्रहमा अहिले पनि पानी तरल अवस्थामा रहेको छ भन्ने प्रमाण भेटिएको यो पहिलो पटक हो । नासाको क्युरियोसिटी रोवरले गरेका अनुसन्धानमा मंगल ग्रहको सतहमा पानी यसअघि रहेको प्रमाणलाई बल दिने संकेत भेटिएका थिए ।

ग्रहको कमजोर वायुमण्डलका कारण जलवायु बिस्तारै चिसो हुँदै जाँदा पानी हिउँमा परिणत भएको वैज्ञानिकले बताउने गरेका छन् । तर मंगल ग्रहको एक्सप्रेस अर्बिटरमा रहेको राडार उकरण मार्सिसको सहयोगमा भएको नयाँ खोजमा अहिले पनि पानी तलर अवस्थामा रहेको प्रमाण भेट्टिएको हो । मार्सिसलाई युरोपियन स्पेस एजेन्सीले पठाएको हो ।

इटालीको नेशनल इन्स्टिच्युड अफ एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्तो ओरोसेइले अनुसन्धानको नेतृत्व गरेका हुन् । उनले भने, ‘सम्भवतः यो निकै ठूलो ताल हुन सक्छ ।’ तर मार्सिसले तरल अवस्थामा रहेको पानीको गहिराई कति छ भन्ने पत्ता लगाएको छैन ।

अनुसन्धानकर्ताले भने तरल रुपमा रहेको पानीको गहिराई कम्तिमा एक मिटर हुनु पर्ने बताउँछन् ।

प्राध्यापक ओरोसेइले भने, ‘जे भेट्टिएको छ त्यो पानी नै हो । यो पानी तालको रुपमा छ । हिउँ पग्लिएको वा हिउँका टुक्राबिच भएको पानी होइन, यो पूरै पानीले भरिएको ताल हो ।’

पानीको मात्रा रहेको थाहा लागेसँगै मंगलमा जीवनको सम्भावना देख्नेहरु पनि छन् । तर मानव जीवनको सम्भावनाबारे अहिले नै निश्चित रुपमा केही भन्न सकिने अवस्था भने छैन ।

तर तरल अवस्थामा पानी भेट्टिनु मंगलमा यसअघि जीवन रहेको वा अब जीवनको सम्भावना रहेकोबारे अनुसन्धान गरिरहेकाहरुका लागि खुशीको कुरा हो ।

यसले जीवनको सम्भावनाको खोजीमा सहयोग गर्छ । तर पत्ता लागेको तालका बारेमा अझै बिस्तृत अध्ययन हुन भने बाँकी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?