छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरे

छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरे
+
-

मोरङ – धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरेका छन्। गाईगोरुमा रोग देखापरेसँगै हाल गाउँपालिकाले घुम्ती स्वास्थ्य शिविरलाई अघि बढाएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए।

लम्पी स्किन महामारीका रुपमा देखापरेसँगै गाउँपालिकाको स्वास्थ्य शिविरले रोगको उपचार तथा रोकथामबारे जनचेतना फैलाउन थालेको अध्यक्ष सुब्बाले बताए।

गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार लम्पी स्किन रोगको लक्षण देखिएसंगै उपचारका लागि औषधि अभाव देखिएको छ।

गाउँपालिकाले लक्षण देखिएका गाईगोरुका लागि औषधि खरिद गरी उपचार गरिरहेको बताएका प्रमुख राईले बजारमा समेत औषधिको अभाव भएको बताए। गाउँपालिकाको तल्लो क्षेत्रमा रोगले ठूलो प्रभाव पार्दै गएको बताएका राईले छथर जोरपाटीभित्र करिब १९ वटा पशु चौपाया मरिसकेको जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा करिब ५ हजार बढि चौपाया यस रोगको चपेटामा परेका छन्। हालसम्म गाउँपालिकाको सीमित स्रोत र साधनसँगै करिब १ हजार ८ सय चौपायामा रोग प्रतिरोधात्मक क्षमताको खोप लगाइएको उनको भनाइ छ।

लम्पी स्किन रोग लागेपछि पशुमा जिउमा फोका आउने, उच्च ज्वरो आउने, आँखामा अधिक कचेर देखिने, खानमा रुचि नदेखाउनेलगायत लक्षण देखिने गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष