चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो

चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो
+
-

पोखरा- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍याएका छन्।

बुधबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेपछि भएको स्वागत कार्यक्रममा सोङले बिआरआइअन्तर्गत निर्माण भएको बताएका हुन्।

उनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनका दिन पनि पोखरा विमानस्थल बिसआरआइ परियोजनाअन्तर्गत बनेको बताएका थिए।

बुधबार उनले भने, ‘हामीले सफलतापूर्वक अन्तर्राष्ट्रिय चार्टर उडान भर्न सफल भएका छौँ। जसले चीन र नेपालको बिआरआइ कनेक्सनमा नयाँ अध्याय स्थापित गराएको छ।’

पोखरा विमानस्थल बिआरआई अन्तर्गतको महत्त्वपूर्ण परियोजना रहेको बताए।

चीनले बीआरआइ अन्तर्गतको परियोजना भने पछि भारतले पोखरा विमानस्थललाई रुट दिन आनाकानी गरेको छ।

चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो।

चिनियाँ निर्माण कम्पनी सिएएमसीले निर्माण गरेको विमानस्थल २०७८ चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेर बुझाएका थिए।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो। झन्डै ५ दशकमा पोखराबाटै वैदेशिक उडान भर्ने गण्डकीबासीको सपना अझै पूरा भएको छैन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?