
हरिद्वार – यस पटक असार १८ मा मनाइने हिन्दूहरूको महान धार्मिक अध्यात्मिक पर्व हरिद्वारस्थित पायलट बाबा आश्रममा भव्य रूपले मनाइँदै छ।
यस क्रममा गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनको हरिद्वारस्थित पायलट बाबा आश्रम आउने क्रम बढ्दै गइरहेको छ।
नेपाल, भारत, रूस, यूक्रेन, जर्मन, जापान लगायत विश्वको कुना कुनाबाट हजारौ भक्तजनको आगमन भइसकेको एवम आउने दिनमा यो संख्या हजारौले वृद्धि हुने जानकारी आश्रममा रहेका नेपाली पत्रकार ज्ञानमित्रले गराएका छन्। उनका अनुसार नेपालबाट झन्डै २०० जना भक्तजन गुरुपूर्णिमा उत्सवमा सहभागी हुन हरिद्वार आउँदै छन।
भोलि असार १५ गते बिहान ८ बजेदेखि प्रारम्भ हुन गइरहेको श्री गुरु दत्तात्रेय यज्ञबाट गुरुपूर्णिमा उत्सव को विधिवत शुभारम्भ हुनेछ। त्रिदिवसीय यस यज्ञको पूर्णाहुति असार १७ गते हुने कार्यक्रम रहेको छ।
असार १७ गते साँझ नै भारतका लोकप्रिय गायक एवम भारतीय जनता पार्टीका सांसद मनोज तिवारीको भजन सन्ध्या कार्यक्रम हुनेछ।
भोजपुरी फिल्म इन्डस्ट्रीका सुपर स्टारद्वय सांसद रवि किशन र सांसद दिनेशलाल यादव ‘निरहुआ’को कार्यक्रममा उपस्थिति एवम् सहभागिता रहने छ।
यसका अतिरिक्त बलिउड अभिनेता गोविदा र अभिनेत्री मनीषा कोइरालाको पनि उपस्थिति रहने छ।
गुरुपूर्णिमा उत्सवमा विशिष्ट अतिथिका रूपमा भारतका केन्द्रीय रक्षा एवम पर्यटन राज्यमन्त्री अजय भट्ट तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीको आगमन हुने कार्यक्रम रहेको छ।
उत्सव अवधिभरी तथा तत पश्चात् जुलाई १५ सम्म गुरुदेव महायोगी पायलट बाबा हरिद्वार आश्रममै रहनु हुन्छ। स्मरण रहोस जुलाई १५ महायोगी पायलट बाबाको अवतरण दिवस हो।