ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो

ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो
+
-

काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ दिनको म्याद दिएको छ । पछिल्लो समय पक्राउ परेका ९ जनाविरुद्ध नै संगठित अपराधमा अनुसन्धान हुने भएको हो।

ललिता निवासको सरकारी कागजात कीर्ते गरी विभिन्न व्यक्तिहरूको नाममा गरेको प्रकरणमा असार १२ गते प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो। ७ जनामध्ये तीन जनाले सर्वोच्चबाट निषेधाज्ञाको लिएको पाएपछि उनीहरूलाई सोही दिन ब्यूरोले छाडेको थियो।

हाल भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह,  मालपोतका  तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका ९ जना हिरासतमा रहेका छन्।

पक्राउविरुद्ध सर्वोच्च अदालतबाट निषेधाज्ञाको आदेशविरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले आजै भ्याकेट निवेदनसमेत पेश गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष