एमालेले चौथो पटक पनि गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

एमालेले चौथो पटक पनि गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध
+
-

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै आइतबार चौंथो पटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ।

आज राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनः स्थगित हुन पुगेको छ।

बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राखे।

उनले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गरिन्।

सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो ? भनी प्रश्नसमेत गरिन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि पनि पटकपटक राष्ट्रघाती काम गरेको उल्लेख गर्दै अब सह्य नहुने चेतावनीसमेत दिइन्

राष्ट्रियसभाको अर्को बैठक असार २५ गते सोमबार ११ बजेर १ मिनेटमा बस्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?