
देश सञ्चार
साउन ३, २०८०

अ
+
अ
अ
-
काठमाडौँ- कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो।

