
आमाको दूधलाई पोषणको लागि मात्रै नभएर जीवनकै आधार मान्ने गरिन्छ । तर बढ्दो आधुनिकतासँगै महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन छोडेका छन् । जुन आमा र बच्चा दुवैका लागि राम्रो होइन ।
नयाँ पुस्ताका आमाहरु शरीर बिग्रने डरमा बच्चालाई कृतिम दूध खुवाउने गर्छन् । शिशुलाई कम्तिमा जन्मेको ६ महिनासम्म स्तनपानमा नै निर्भर राख्नुपर्ने चिकित्सक बताउँछन् ।
स्तानपान नगराउँदा बर्सेनि हजारौँ बालबालिकालाई कुपोषण समस्या देखिने गरको छ भने कुपोषण कारण विभिन्न रोग लागेर मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष पाँचवर्ष भन्दा मुनिका ८ लाख २३ हजार बालबालिकाको जीवन स्तनपानले बचाउन सकिन्छ ।
जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीका अनुसार शिशुको जीवनका लागि आमाको दूध अति नै महत्वपूर्ण रहनुको साथै आमाको दूधले शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक भूमिका खेलेको हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ । यसको विपरित आमाको दूध शतप्रतिशत सुरक्षित हुन्छ ।
स्तनपानले जीवनका पछिल्ला चरणमा हुन सक्ने रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको जोखिम कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ ।
यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बिच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् ।
बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
स्तनपानका के कस्ता फाइदा छन् ?
बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।
दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगहरुबाट जोगाउँछ ।
आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।
स्तनपानले आमा र बच्चा दुवैलाई आत्मिय र सुरक्षित भएको अनुभूति दिन्छ ।
कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवति हुनबाट बचाउँछ ।
स्तनपान गराउन खर्च पनि लाग्दैन ।