स्तनपान र समय : जीवनरक्षाको आधार

शिशुको पहिलो खोप : आमाको दूध

शिशुको पहिलो खोप : आमाको दूध
+
-

बच्चा जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउनु नवजात शिशुको स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर विशेष गरी कम तथा मध्यम आएका भएका देशमा पाँचमा तीन अर्थात ६० प्रतिशत शिशुले जन्मिएको एक घण्टाभित्र आमाको दूध खान पाएका हुँदैनन् ।

यसले गर्दा शिशुको मृत्य हुने तथा रोग लाग्ने खतरा उच्च हुने गरेको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जीवनको पहिलो घण्टा अर्थात जन्मिएको एक घण्टा भित्र आमाको दूध खान पाएका शिशुको स्वास्थ्य निकै राम्रो हुने भए पनि अहिले पनि हरेक वर्ष विश्वका ७८ करोड नवजात शिशुले जन्मिएको एक घण्टा भित्र दूध खान पाएका छैनन् ।

दूध चुसाउन हुने केही घण्टाको ढिलाइले पनि जीवन नै खतरामा पर्ने खालको चुनौती आउने प्रतिवेदनमा उल्लेख गरिएको छ । आमाको दूधलाई शिशुको पहिलो खोपको रुपमा पनि लिने गरिएको छ ।

जन्मने वित्तिकै आमाको छातीमा टाँसेर दूध खुवाउँदा दूधको उत्पादन बढाउँछ । बेगौति दूधले शिशुको शरीरलाई चाहिने पोषण तथा प्रतिरोधात्मक क्षमताका लागि अवस्था बनाउँछ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार पूर्वी तथा दक्षिण अफ्रिकी देशमा ६५ प्रतिशत शिशुले जन्मेको एक घण्टा भित्रै आमाको दूध खान पाएका हुन्छन् । तर पूर्वी एसिया तथा प्यासिफिक देशमा ३२ प्रतिशत शिशुलाई मात्रै जन्मेको एक घण्टा भित्र स्तनपान गराउने गरिएको छ ।

बुरुण्डी, श्रीलंका र भानुआटुमा १० मा ९ शिशुलाई जन्मिएको एक घण्टा भित्रै दूध चुसाउने गरिएको छ । तर अजरबैजान, चाड र मन्टेनेग्रोमा भने १० मा दुई शिशुले मात्रै पहिलो घण्टामै स्तनपान गर्न पाएका हुन्छन् ।

संयुक्त राष्ट्रसंघले ७६ देशको तथ्यांकलाई विश्लेषण गरेर प्रतिवेदन बनाएको हो । धेरै ठाउँमा शिशुलाई पहिले मह, चिनी पानी खुवाउने परम्पराका कारण पनि शिशुले आमाको दूध चाँडो खान पाएका छैनन् ।

जन्मिएको एक घण्टा भित्र दूध खाएका शिशु भन्दा दुई घण्टादेखि २३ घण्टाभित्र स्तनपान गराइएका शिशुको मृत्यु हुने सम्भावना ३३ प्रतिशत बढी हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?