जनस्वास्थ्य प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो: डा.रुणा झा

जनस्वास्थ्य प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो: डा.रुणा झा
+
-

काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ।

प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अफ्ठ्यारो भएको बताएकी हुन्।

प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको बताए।

उनले अन्य देशहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रूपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको बताए।

प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन्। नेपालका ३ हजार १ सय ४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ।

गुणस्तर नियन्त्रण केन्द्रिय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उनको बुझाइ छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरू गर्ने स्थान बनाउनुपर्नेमा जाेड दिइन्।

डा.झाले भनिन्, ‘धेरै प्रयोगशालाहरू त अस्पताल मातहत छन्। अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ। त्यहाँका प्रयोगशालाहरूपनि सोझै हाम्रो पहुँचमा छैनन्। जसलाई वर्गीकरण चाहिएको छ, उहाँहरू चाहिं हामीसँग आउनुहुन्छ। अस्पतालहरूको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ। स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदाखेरी त्यसको समग्रमा एकीकृत तथ्यांक राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौती छ। जनशक्ति अभाव छ नै। रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ। दुवै जना नवौं तहको हुनुहुन्छ। दरबन्दीको टाइप पनि मिलेको छैन। संख्या पनि मिलेको छैन। अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदाखेरी अलिकति अफ्ठ्यारो भएकै हो। गुणस्तर नियन्त्रणसम्मको लागि त ठिकै हो। तर अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपर्थ्याे।’

उनले कार्यालय भनेर बनाइएको संरचनामा अहिलेपनि ल्याव सञ्चालन भइरहेको बताइन्। उनले सुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी दिइन्।

गुणस्तर, नियमन र अनुसन्धानका लागि प्रयोगशालाको स्थापना भए पनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र जनशक्ती यथोचित नहुँदा सेवाप्रवाहमा सकस देखिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष