गण्डकीको संसद आज बस्दै

गण्डकीको संसद आज बस्दै
+
-

पोखरा- गण्डकी प्रदेशसभाको बैठक बिहीबार दिउँसो बस्दैछ। आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

एक महिनापछि पछि प्रदेशसभा बैठक बस्न लागेको हो। असार २२ गते चालु आर्थिक वर्षको बजेट पास भएसँगै प्रदेशसभा स्थगित भएकाे थियो।

बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले आफ्नो भनाइ राख्नेछन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गर्नेछन्।

आजै मिनी संसद अर्थात संसदीय समितिको टुंगो लगाएर संसदमा जानकारी गराउने भनिएको छ। तर, दलहरूबीच भागबन्डा नमिल्दा रोकिन सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

गण्डकी प्रदेशसभाका सदस्यले पुस १४ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। भागबन्डा नमिल्दा संसद सुरु भएको ७ महिनासम्म पनि संसदीय समिति गठन हुन सकेको छैन।

नेपाली कांग्रेस र नेकपा एमालेले २-२ समितिको नेतृत्व पाउनुपर्ने अडानमा छन्। नेकपा माओवादी केन्द्रले पनि एउटा समितिको नेतृत्व पाउनुपर्ने दाबी गरेपछि संसदीय समिति गठनमा ढिलाइ भएको हो।

समिति गठन नहुँदा संसदको काम कारबाही प्रभावित बनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?