राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु

राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु
+
-

मनहरी – हेटौँडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।

आज दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्तीखोलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयको सहयोगमा मृतक भारतीको शव बाहिर निकालिएको प्रवक्ता कार्कीले बताए।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण राप्तीखोलाको बहाव बढेको छ। मृतक भारतीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता कार्कीले बताए। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?