
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताए। पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने उनकाे भनाइ छ।
उपमहासचिव पुनले भने, ‘आज पनि माओवादीले नै सरकारकाे नेतृत्व गरोस् भन्ने जनतामा अपेक्षा छ। राजनीतिक विधिमा पार्टी चल्नुपर्छ। पार्टीका कमजाेरीलाई सच्याएर अगाडि बढ्नुपर्छ। देशकाे राजनीति सही दिशामा लैजानुपर्छ। हामी देशको अग्रगामी रूपान्तरणका पक्षपाती हौं।’
उनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको पनि बताए।