
८० औं भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुधवारबाट सुरु भएको छ।
फेस्टिभलमा २३ चलचित्रहरु प्रतिष्पर्धामा छन्। यस वर्षको कार्यक्रम भेनिस लिडोमा अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुनेछ।
फेस्टिभल उद्घाटन इटालियन निर्देशक एडोआर्डो डे एन्जेललिसको फिल्म कमोन्डेन्टेबाट भएको छ। मुख्य निर्णयकमा डेमियन चाजेल छन्।
मुख्य प्रतियोगितामा देखाइएका चलचित्रबाहेक १९ वटा फिक्सन फिल्म तथा डकुमेण्ट्री, दुई टेलिभिजन श्रृंखला र एउटा लघुचित्र प्रतियोगिता छन्।