एसिया कपमा बंगलादेश र श्रीलंका भिड्दै

एसिया कपमा बंगलादेश र श्रीलंका भिड्दै
+
-

एसिया कप क्रिकेटअन्तर्गत बिहीबार समूह ‘बी’ को पहिलो खेल हुँदैछ। बंगलादेश र श्रीलंकाबीच आज अपरान्ह ३:१५ बजे श्रीलंकाको केन्डीस्थित पालेकेली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै शीर्ष चार बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदै छन्।

डिफेन्डिङ च्याम्पियन श्रीलंकालाई चोटले पिरोलेको छ। उसका ५ मुख्य खेलाडीहरू चोटका कारण टिममा छैनन्। त्यस्तै, बंगलादेशका विकेटकिपर ब्याटर लिटन दास इन्जुरीका कारण एसिया कपबाट बाहिरिएका छन्।

बंगलादेश र श्रीलंका बीचको खेलमा वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ।

श्रीलंका र बंगलादेश दुबै शीर्ष चारका दाबेदार भएकाले यो खेल रोमाञ्चक हुने आंकलन गरिएको छ।

श्रीलंकाका स्पिनर वानिन्दु हसारङ्गा इन्जुरीका कारण टिममा छैनन्। त्यस्तै, दुष्मन्था चमीरा, लाहिरु कुमारा, दिलशान मदुशंका र अविष्का फर्नान्डो पनि श्रीलंकाको टोलीमा छैनन्।

कोरोना संक्रमित कुसल परेरा भने टिममा रहेका छन्। तर उनले पनि पहिलो खेल गुमाउने छन्।

यो वर्ष श्रीलंकाका लगि पथुम निसांकाले सर्वाधिक धेरै रन बनाएका छन्। उनका साथ पूर्वकप्तान दिमुथ करुणारत्ने ओपनिङ गर्नेछन्। दुबैले यो वर्ष टिमका लागि ४५० भन्दा बढी रन बनाएका छन्।

बंगलादेश भने तमिम इकबालले एकदिवसीय क्रिकेटको कप्तानी छोडेपछि शकिब अल हसनको कप्तानीमा मैदानमा उत्रिँदै छ। लिटन दास र इबादत हुसेनजस्ता अनुभवी खेलाडी टिममा छैनन्। यद्यपि सकिबसँग विश्व स्तरीय बलरहरू छन्।

मुस्ताफिजुर रहमान, तस्कीन अहमद र मेहदी हसन मिराजलगायतका स्टार बलरको भर बंगलादेशलाई रहेको छ।

यद्यपि एसियाकपको एकदिवसीय फर्म्याटमा अहिलेसम्म दुई टिमबीच १३ खेल भएको छ। २०१० सम्म सबै खेल श्रीलंकाले जितेको थियो। तर २०१२ मा बंगलादेशले पहिलो पटक जित निकाल्यो।

२०१२ पछि दुई टिम दुई पटक प्रतिस्पर्धा गरेका छन्। २०१४ मा श्रीलंकाले जित्दा २०१८ मा बंगलादेशले जित हासिल गरेको थियो।

यद्यपि २०१९ को विश्वकपपछि यी दुई टिमबीच ६ एकदिवसीय खेल भएका छन्। जसमा ४ खेल श्रीलंकाले जित्दा २ खेलमा बंगलादेशले बाजी मारेको छ। केन्डीमा भने यी दुई टिमबीच एक खेल भएको छ, जसमा बंगलादेशले जित निकालेको छ।

यी दुई टिमबीच समग्रमा भने कुल ५१ एकदिवसीय खेल भएका छन्। जसमा ४० खेलमा श्रीलंका विजयी हुँदा ९ खेलमा बंगलादेशले बाजी मारेको छ। २ खेल नतिजाविहीन भएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष