स्कुल जान छात्रालाई साइकल उपहार

स्कुल जान छात्रालाई साइकल उपहार
+
-

दाङ- स्कुल टाढा छ। आउन जान गाह्रो पर्छ। स्कुल पुग्ने बेलामा पहिलो पिरियड सुरु भइसकेको हुन्छ। कतिपय अवस्थामा पढाइ पनि छुट्छ। साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ कक्षा १२ मा अध्ययनरत छात्रा टीका बुढा मगरले बताइन्।

टीकाजस्तै अरू विद्यार्थीलाई पनि अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ। विद्यालय आउन जान समस्या पर्ने विद्यार्थीलाई लक्षित गरेर साइकल वितरण गरिएको छ। तीनवटा सामुदायिक विद्यालयमा पढ्ने ३० जना छात्रा विद्यार्थीलाई साइकल वितरण गरिएको हो।

राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना जेहेन्दार विद्यार्थीहरुलाई साइकल उपलब्ध गराइएको छ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा पालिकाको वडा नं.१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङका १० जना, वडा नं.४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट र वडा नं.५ मा रहेको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा अध्ययनरत १०/१० जना विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ।

२ लाख ५० हजार रुपैयाँ बराबरको साइकल वितरण गरिएको क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालका विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिइन्।

राप्ती गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सो साइकल वितरण गरिएको हो।

अध्यक्ष विष्टले साइकल वितरणले विद्यार्थीहरूको समय व्यवस्थापनसँगै स्वास्थ्यलाई समेत फाइदा हुने बताए। सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो।

विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ।

हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको छ।

२० जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५१ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ। हाल तीनवटै पालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत एक हजार पाँचसय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको छ।

साइकल वितरण कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, शिक्षा, युवा तथा खेलकुद प्रमुख विश्वास विक, मावि मौरीघाटकी प्रधानाध्यापक सीता रिजाल लगायतको सहभागीता रहेको थियोे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष