
काठमाडौं- पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्।
मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पारसको स्वास्थ अवस्था कमल थापा शनिबार बिहान ह्याम्स अस्पताल पुगेका हुन्।
भेटमा पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थलाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएकाे छ।
अस्पतालमा अध्यक्ष थापासँग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि रहेका थिए।
अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ।