
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ।
विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जनाएको हाे।
हाल टेकु सवस्टेसनको स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्थासमेत गरिएको प्राधिरकरणले जनाएको छ।