एमसिसी र बिआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिनुपर्छः सभामुख घिमिरे

एमसिसी र बिआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिनुपर्छः सभामुख घिमिरे
+
-

काठमाडौं- सभामुख देवराज घिमिरेले एमसिसी र बिआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसिसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बिआरआई) बाट देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताए।

उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्नेमा जाेड दिए।

सभामुख घिमिरेले भने, ‘अमेरिकाले एमसिसी लगायतका कार्यक्रमहरू बिस्तार गरेर नेपालजस्ता पछि परेका मुलुकहरूलाई सहयोग गर्ने कोसिस गरिरहेको छ। त्यसरी नै बिआरआई प्रोग्रामअन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरू लिएर आइरहेको छ। नेपालले यी दुईवटै प्रोग्रामहरूबाट नेपाली जनताको हीतमा कसरी जाने? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ? यो एउटा प्रतिष्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ।’

उनले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताए।

पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय सभावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको उनकाे भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष